एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ।
बानेश्वरमा बसिरहेको बैठकमा अहिले नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेता नेपालको सचिवालयले जनाएको छ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएका केही नेताहरु पनि उपस्थित भएका छन् ।
मंगलवार नेपालले प्रधानमन्त्री शेर बहादुर देउवालाई साउन ३ गते विश्वासको मत दिएका २१ जना सांसदहरुसँग छलफल गरेका थिए । मंगलबारको छलफलमा सांसदहरुले मिलेसम्म नयाँ पार्टी बनाएर अघि बढ्न नेपाललाई सुझाव दिएका थिए ।