Breaking Newsकोरोना विशेष

थप २८३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २८३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

८७१५ पीसीआर परीक्षणमा १९१८ र ३९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २८३८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा कोरोना १४७५ जना संक्रमणमुक्त भएका छन् । यस्तै  कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ।

Comment here