Breaking Newsसमाचार

आठ लाख नौ हजार ६०० डोज खोप लिएर चीनबाट निगमको जहाज आइपुग्दै

चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोप लिएर नेपाल वायु सेवा निगमको जहाज आज आइपुग्दै छ ।

सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो । गएराति गएको जहाज आज आइपुग्ने निगमले जनाएको छ ।

भेरोसेल लिएर आएको जहाज फेरि खोप लिन आजै बेइजिङ उड्ने र खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका तय गरेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए ।

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो, आज पनि सोही संख्यामा खोप ल्याउने जनाइएको छ ।

Comment here