समाचार

आज ४३औं पुष्पलाल स्मृति दिवस

आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।

राणा शासकले गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिएपछि पुष्पलाल आन्दोलनमा होमिएका थिए। त्यसपछि उनले २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।

रामेछापको भँगेरीमा वि. सं. १९८१ असार १५ गते जन्मिएका पुष्पलालको भारतमा रहेका बेला २०३५ साउन ७ गते निधन भएको थियो। उनी पञ्चायतकालमा निर्वासनमा रहेका थिए। निर्वासनमा रहेकै बेला भारतमा निधन भएको थियो।

पुष्पलालले आफ्नो सम्पूर्ण जीवन अभाव, कठिनाइ र प्रवास बसाइका बीच पनि कम्युनिस्ट आन्दोलनको विकास,नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चिएको इतिहास छ ।

Comment here