logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै


अंकुरण खबर
1.677K
Shares

नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्न लागेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्न लागेको हो। बैठकका लागि सबै पदाधिकारी र पूर्वपदाधिकारीलाई बुढानिलकण्ठ बोलाइएको पौडेलले बताए।

यसअघि कांग्रेस पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो। त्यसको कांग्रेस भित्रै र बाहिरबाट विरोध भएको थियो। यसअघि केपी शर्मा ओलीले पनि पार्टीका बैठक बालुवाटारमै राख्दै आएका थिए।

सबैले असन्तुष्टि जनाएपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले पार्टीका औपचारिक कार्यक्रम बालुवाटारमा नराख्ने जनाएका हुन्। त्यसअनुसार, आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुढानिलकण्ठमा बस्न लागेको हो।

आजको बैठकमा कांग्रेसको १४औं महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ।

यससँगै समसामियक राजनीतिक अवस्थाबारे पनि छलफल हुने जनाइएको छ। यसमा मन्त्रिपरिषद् विस्तारको विषय पनि रहेको जनाइएको छ।