logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए २९७७ कोरोना संक्रमित, १६७८ जना संक्रमणमुक्त, १८ जनाको मृत्यु 


अंकुरण खबर
1.313K
Shares

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ७७ कोरोना संक्रमित थपिएका छन्।

कुल १७ हजार ३ सय ८ जनाको स्वाब परीक्षण गर्दा उक्त परिमाणमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१३ हजार ६ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८२ जना र ३ हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज संक्रमणमुक्त हुनेको संख्या  १ हजार ६ सय ७८  रहेको छ। योसँगै कोरोना निको हुनेको संख्या ६ लाख ३९ हजार ३ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ पुगेको छ।