प्रहरीले उदयपुरको बेलका नगरपालिका-८ बाट एक किलो अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ ।
सुनसरीको बराहाक्षेत्र नगरपालिका-६ चकरघट्टी बस्ने २९ वर्षीय बलराम यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।