logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज गुरु पुर्णीमा


अंकुरण खबर
1.3K
Shares

असार  शुक्ल  पूर्णिमाका  दिन  शनिबार   चुडाकर्ममा   गायत्री   मन्त्र   दान   गर्ने,  शिक्षा,  सीप  कला  कौशल  सिकाउने  गुरुप्रति  आदरभाव   जनाउँदै   गुरुपूर्णिमा   पर्व   मनाइँदैछ   ।

वेदव्यास  जयन्तीको  यो  दिन  अष्ट  चिरञ्जीवीमध्ये  प्रमुख व्यासलाई गुरु मानिँदै आएको सनातन परम्परा छ  ।  व्यास  जयन्तीका  रूपमा  यो  पूर्णिमालाई  गुरु  पूर्णिमा भनेर मनाउँदै आएको हो ।

पशुपतिनाथका  गुरु  दक्षिणा  मूर्तिको  यसै  दिन  वर्षको  एक  पटक  पूजा  अर्चना  हुन्छ  ।  सैद्धान्तिक,  प्राविधिक,  आध्यात्मिक  वा  योगलगायतका  सबै  क्षेत्रमा गुरुबिना शिक्षाको सुरुआत असम्भव मानिन्छ ।

शास्त्रमा गुरुलाई गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर भनेर  उच्चस्थान  दिइएको  छ  ।  शास्त्रमा  मातापिता  र  गुरुको  महìव  समान  रूपमा  उत्तिकै  वर्णन  पनि  गरिएको पाइन्छ ।

संस्कृतमा गु भन्नाले अन्धकार रु भन्नाले  हटाउने  अर्थात्  अन्धकार  हटाउने  भएकाले  गुरु भनिएको हो । आजको गोरखापत्र दैनिकमा छ ।