logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियाबाट ल्याइयो २४ नेपालीको शव


अंकुरण खबर
689
Shares

वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका २४ जना नेपालीको शव शनिबार काठमाडौं ल्याइएको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत फ्लाइट नम्बर आर ए ४१६ मार्फत शवहरु ल्याइएका हुन् ।

ती शवसँगै मलेसियामै दाहसंस्कार गरिएका अन्य तीनजना नेपाली युवाको अस्तु पनि नेपाल वायु सेवा निगमको जहाजले ल्याएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार क्वालालम्पुरबाट नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत ती शव ल्याइएको हो ।

बोर्डले सबै शव र अस्तुलाई त्रिभुवन विमानस्थलबाटै आफन्तको जिम्मा लगाइएको छ ।