नेकपा एमालेका नेता महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।
युथ फोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले माधव नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुच्छर र प्रधानमन्त्री शेरबहादुर देउवाको वैशाखी बनेको आरोप लगाए ।
नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघअन्तर्गतको युथ फोर्सले शनिबार काठमाडौंमा र्याली निकालेको थियो ।
र्यालीपछिको कार्यक्रममा बोल्दै बस्नेतले नेता नेपालविरुद्ध नभई नेपाल प्रवृत्तिविरुद्ध आन्दोलन गर्नुपर्ने बताए ।