logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरियामा कोभीडको चौथो लहर, दिनहुँ संक्रमित बढ्दै


अंकुरण खबर
910
Shares

दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही हप्तादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ। यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसीयू बेडसमेत अभाव हुन थालेको हो।

कोरिया रोग निवारण केन्द्रका अनुसार दैनिक दुई हजारको हाराहारीमा कोरोना संक्रमित थपिने गरेका छन्। संक्रमित हुनेमा कोरियन नागरिकसँगै अन्य देशबाट आएका नागरिकसमेत छन्।

स्वास्थ्य विभागका अनुसार केही हप्तादेखि थपिएका संक्रमितमा नयाँ प्रजातिको कोरोना भाइरस (डेल्टा भेरियन्ट)को समेत लक्षण देखिएको छ। यसरी नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हालसम्म एक हजार भन्दा बढी छन्। यो भाइरस उच्च गतिमा संक्रमण हुने गर्छ।

पछिल्लो समय थपिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च रहेको छ। यहाँ सरकारले कोरोनाको सम्पूर्ण नियम लगाउनुका साथै दुई जना बढी भेला हुनसमेत बन्देज गरिएको छ।

सरकारले जारी गरेको कडा सामाजिक दूरीका बाबजुद पनि केही दिनयता नयाँ संक्रमितको संख्या दैनिक दुई हजारको हाराहारीमा देखिन थालेको छ। कोरियामा हालसम्म कूल संक्रमितको संख्या एक लाख ८४ हजार १०३ पुगेको छ। मृत्यु हुनेको संख्या दुई हजार ६३ जना  रहेका छन्। रासस