जंगली च्याउँ खादा इलामको फाकफोकथुमका बाबुछोराको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार च्याउँ खाएर बिरामी परेका फाकफोकथुम–१ का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बु उपचारका क्रममा मृत्यु भएको छ।
उनीहरुले साउन ३ गते घर नजिकैको जंगलबाट च्याउँ ल्याएका थिए। तरकारीका रुपमा खाएपछि बिरामी परेका थिए।
दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको थियो। नोबेल अस्पताल उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।