यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड (१९) विरुद्धको खोप माग गर्दै विरोध र्याली निकालेका छन् ।
आज सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा माइतीघरमा र्याली निकालिएको हो ।
कोरोना विरुद्धको खोप सबै चालक, सहचालकलाई लगाउन पाउनुपर्ने, २० वर्षमाथि पुगेका सबै सवारीको अवधि थप्नुपर्ने, यातायातको भाडा र ट्याक्सीको सुरुवाती कल समायोजन गर्नुपर्ने, सडक कानून लागू गर्नुपर्ने, मौद्रिक नीतिसम्बन्धी भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने र यातायातको बिमा छुट गर्नुपर्ने लगायतका माग राखेर आन्दोलित भएका छन् ।
साथै उनिहरुले माग पूरा गर्न दबाबदिँदै साउन ७ गते यातायात व्यवस्था विभागको कार्यालय पनि घेरेका थिए।