logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारलाई यातायात व्यवसायीले बुझाए साँचो


अंकुरण खबर
1.092K
Shares

विभिन्न माग राखेर आन्दोनरत यातायात व्यवसायीहरूले आफ्ना सवारीसाधनको साँचो सरकारलाई बुझाएका छन्। यातायातका समस्या समाधान हुनुपर्ने संकेत गर्न उनीहरूले सरकारलाई साँचो बुझाएका हुन् ।

उनीहरुले आज (आइतबार) काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत सरकारलाई साँचो बुझाएका हुन्। साँचोसँगै उनीहरूले ज्ञापनपत्र पनि बुुझाएका छन्। उक्त ज्ञापनपत्रमा यसअघि नै सरकारलाई बुुझाइसकिएको सातबुँदे ज्ञापनपत्रबारे जानकारी गराउँदै माग पूरा गर्न अनुरोध गरिएको छ।

बिहीबार मात्र उनीहरुले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै चक्रपथमा सवारीसाधनको जुलुस निकालेका थिए।

वैज्ञानिक भाडा नीति २०६५ अनुसार भाडा समायोजन गर्नुपर्ने, यातायात व्यवसायीलाई कर्जा, पुनर्कर्जा तथा ६ महिनासम्म ब्याज मात्र तिर्ने व्यवस्था गरिनुपर्ने, यातायात क्षेत्रमा काम गर्नेलाई कोरोना विरुद्धको खोप लगाइनुपर्ने, सवारी दुर्घटना भएम ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्र्ने, माग यतायात व्यवसायीहरुले राखेका छन्।

त्यस्तै यातायातको बिमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागू गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक चेकजाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने, यातायातको कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्नेलगायत माग पनि उनीहले राख्दै आएका छन्।