कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पुगेको छ । तीन वर्ष अर्थात् ३६ महिनासम्म प्रहरीले अनुसन्धानमा सफलता भने हात पार्न सकेको छैन ।
साउन ११ गते मृत अवस्थामा फेला परेकी निर्मलाको पोस्टमार्टम रिपोर्ट र अरु परीक्षणबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । निर्मला हत्यापछि दोषीमाथि कारबाहीको माग गर्दै महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो । सोही आन्दोलनमा प्रहरीको गोली लागेर एकजनाको ज्यानसमेत गएको थियो ।
निर्मला हत्या प्रकरणको अनुसन्धानमा हालसम्म दर्जनौँ टोली खटिइसकेका छन् । तर, कसैले पनि सफलता हात पार्न सकेका छन् । हत्याकाण्डको ३६ महिना बितिसक्दा पनि प्रहरी हत्यरासम्म पुग्ने ‘क्लु’कै खोजीमा लागेको छ ।
प्रहरीको विशेष ब्युरो मानिएको केन्द्रीय अनुसन्धान ब्युरोको टोली सुरुवाती समयदेखि नै अनुसन्धानका लागि कञ्चनपुरमै छ ।