कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।
निजी विद्यालयका सञ्चालकसमेत रहेका श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति कार्यालयले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैं राखेका छन् ।
भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानी रहेको बताइन्छ । दोस्रो संविधानसभामा उनी २६ मनोनीत सभासद्मा परेका थिए । श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद छन् ।
यस्तै, कोरोना महामारीको यस्तो अवस्थामा सरकारले स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारीविहीन बनाएको भन्दै सकारको आलोचना भइरहेको छ । आलोचनाकै बीचमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
