पछिल्लो २४ घण्टामा थप २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज १३८३७ जनामा गरिएको परिक्षणमा उक्त संख्यालाई संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा २०५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।