logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बस दुर्घटनामा परी धनकुटामा २३ जना घाइते


अंकुरण खबर
871
Shares

बस दुर्घटनामा परी २३ जना घाइते भएका छन ।

धनकुटा पाख्रीवास नगरपालिका ५ दियालेस्थित मध्य पहाडी लोकमार्गमा काकँडभिटाबाट भोजपुतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०१ ००१ ख ३४२९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २३ जना घाइते भएका हुन् ।

उनीहरूको आधारभुत अस्पताल पाख्रीबासमा उपचार भईरहेको छ । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

बस चालक हाल फरार रहेकाले उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।