विराटनगर–१६ दरैयामा पहिचान नखुलेका एक व्यक्ति मृत फेला परेका छन् ।
दरैयाका गजेन्द्र ठाकुरको उखुबारीमा अन्दाजी २८–२९ वर्षका जस्ता देखिने पुरुष मृत परेका हुन् ।
मृतक पुरुष गहुँ गोरो वर्णको ५ फिट भन्दा बढी उचाईका छन् । उनले कालो जिन्सको पाइन्ट र सेतो हाफ भेष्ट लगाएको पाइएको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
मृतकको दाहीने हातको नाडीमा टाटु समेत रहेको छ । मृतको अझै पहिचान हुन सकेको छैन ।