logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्कुटरको ठक्करबाट कास्कीमा पैदलयात्रीको मृत्यु


अंकुरण खबर
884
Shares

कास्कीमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

जिल्लाको पोखरा महानगरपालिका-१७, बरालफिडमा गएराति ग९प ७५०९ नम्बरको स्कुटरको ठक्करबाट स्याङ्जाको फेदीखोला गाउँपालिका-४ घर भएका ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि सामान्य उपचार गरी उनलाई घर पठाइएको थियो । घर पुग्नासाथ बेहोस भएपछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगियो । अस्पताल पुग्नेबित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाएको छ।