logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वायुसेवा निगमलाई निजीकरण गर्ने काम रोक्न आदेश


अंकुरण खबर
650
Shares

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्नेसम्बन्धी काम अघि नबढाउन सरकारका नाममा आइतबार अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निगलाई निजीकरण गर्नेसम्बन्धी सम्पूर्ण कार्य जेजस्तो अवस्थामा छ सोही अवस्थामा राख्न, निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता आतिस कार्कीले निगमलाई निजीकरण गर्न लागिएको भन्दै सर्वोच्चमा रिट दिनुभएको थियो । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश रेग्मीको एकल इजलासले वायुसेवा निगमलाई निजीकरण गर्नका लागि भइरहेका काम तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ । इजलासले निगमको निजीकरण प्रक्रिया रोक्ने विषयमा अन्तरिम आदेशका लागि साउन २५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

नेपाल वायु सेवा निगमले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । तर यसको विरोध हुँदै आएको छ ।