logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिदेश जानेहरुका लागि कोरोनाबिरुद्धको खोप


अंकुरण खबर
910
Shares

सरकारले बिदेश जाने नेपलीहरुका लागि कोरोनाबिरुद्धको खोप लगाउन २ अस्पतालहरु तोकिदिएको छ ।

अध्यायन तथा कामदार भिसामा बिदेश जानेहरुले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने छन् ।

खोप लगाउनका लागि भिसा र पासपोर्ट अनिवार्य देखाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्य खोप केन्द्रहरुमा खोप सकिएकाले बिदेश जानेहरुका लागि उक्त दुई अस्पतालहरुमार्फत खोप दिन लागिएको मन्त्रालयको भनाइ छ ।

कामदार तथा अध्यायनका लागि बिदेश जाँदा खोप अनिवार्य गरिएको छ । खोप लगाएर बिदिेश जाँदा क्वारेन्टिन समेत बस्नु पर्दैन ।