Breaking Newsकोरोना विशेष

पछिल्लो २४ घण्टामा थपिए ३ हजार ४२१ जना कोरोना संक्रमित, २५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ३९१ जनामा संक्रमण पुष्टि भएको हो भने ५ हजार ३२ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।

आज २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना निको भएका छन्।

Comment here