logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा मात्रै थपिए ९९९ कोरोना संक्रमित


अंकुरण खबर
910
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा मात्रै ६ सय ७७, ललितपुरमा १ सय ९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका हुन्।

त्यस्तै काठमाडौं उपत्यकामा सक्रिय संक्रमित ८ हजार ९ पुगेको छ। त्यसमध्ये काठमाडौंमा ५ हजार ९१०, ललितपुरमा १ हजार १६३ र भक्तपुरमा ९ सय ३६ संक्रमित सक्रिय रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४२१ जना संक्रमित थपिएका छन् भने संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ