नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चेक बाउन्समा दोषी ठहर भई फरार भएकी शोभा गुरुङलाई पक्राउ गरेको छ।
उच्च अदालत पाटनबाट कसुरदार भई फरार रहेकी तनहुँको सतिश्वर–७ की गुरुङलाई सोमबार कुपण्डोल, ललितपुर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनीविरुद्ध सानिमा विकास बैंकको खातामा नभएको पैसा उल्लेख गरी जाहेरीवालालाई चेक दिएर झुक्याएको आरोपमा पाटन उच्च अदालतले दोषी ठहर गर्दै १३ लाख ७० हजार जरिवाना र १४ दिनको कैद सजाय सुनाएको थियो ।
उनलाई पक्राउ गरी अदालतमा पेश गरिएको ब्यूरोले जानकारी दिएको छ ।