नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्न लागेको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा आगामी १४औं महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ । आजको बैठकले महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्न सक्ने उनले बताए ।
यसअघि शनिबार बसको बैठकले गाउँ तथा नगर वडा अधिवेशन स्थगित गरेको थियो। क्रियाशील सदस्यता छानविन पूरा नभएकाले वडा अधिवेशन स्थगित गरेको थियो ।
आजको बैठकले त्यससम्बन्धी निर्णय गर्नसक्ने जनाइएको छ । यसअघि कांग्रेसको वडा अधिवेशन साउन १२ गते तोकिएको थियो ।
यस्तै, कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले काम लगभग सकिएको जनाएको छ । आजै पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउने बताइएको छ ।