logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुर्खेतमा दुई लाख नगदसहित आठ जुवाडे पक्राउ


अंकुरण खबर
1.092K
Shares

सुर्खेतमा दुई लाख नगदसहित आठ जना जुवाडे पक्राउ परेका छन्।

जुवा खेलीरहेको अवस्थामा सोमबार बेलुकी उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ का सकुन्तला न्यौपाने, चिंगाड गाउँपालिका वडा नम्बर १ का बलबहादुर बाह्रघरे, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ७ का बखत शाही रहेका छन्।

यस्तै वडा नम्बर २ का किरणबहादुर विष्ट, दैलेखकै गुराँस गाउँपालिका वडा नम्बर १ का पदम सलामीमगर, वडा नम्बर ६ का यामबहादुर रोकाय र अछामको तुर्माखात गाउँपालिका वडा नम्बर २ का जिवन शाही पक्राउ परेका छन्।

सकुन्तला जुम्लारोडस्थित सुर्खेती स्टाफ होटलका सञ्चालक हुन्। उनीहरु सबैलाई प्रहरी सोही होटलबाट दुई लाख १४ हजार नगद, १३ वटा खाली (ब्ल्यांक) चेक र एक गड्डी ताससमेत पक्राउ गरेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए।