नेपाली बजारमा आज (मंगलवार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुन तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार छापावाला सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले नै घटेर प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको छ ।