नेकपा माओवादी केन्द्रले यसअघिको केपी शर्मा ओली सरकारले हटाएकाहरुलाई पुनःस्थापना गर्ने निर्णय गरेको छ ।
आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश प्रमुख लगायतका पदमा यसअघि माओवादी कोटाबाट नियुक्त भएकाहरुलाई पुनः सोही पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेकपा विघटन भएपछि एमाले सरकारले माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका तिलक परियार र अमिक शेरचनलाई हटाएको थियो ।
अब गठबन्धनको सरकारमा शेरचन र परियार फेरि प्रदेश प्रमुख बन्ने भएका छन् । परियारलाई प्रदेश २ को प्रमुख र शेरचनलाई गण्डकी प्रदेश प्रमुखमा पुनःस्थापित हुने भएका छन् ।
शेरबहादुर देउवा सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेश प्रमुखहरु फेर्ने तयारी गरेको छ । यस्तै, बुधबार मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनले छलफल गर्ने भएको छ ।
आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । देउवाले पार्टीभित्र छलफल गरेर निर्णय लिने बताएका छन् ।