Breaking Newsकोरोना विशेष

नेपालमा कोरोनाको नयाँ ‘कप्पा’ भेरियन्ट

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘कप्पा’ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यससँगै नेपालमा कोरोनाका तीनवटा भेरियन्ट फेला परेका छन् । यसअघि अल्फा र डेल्टा भेरियन्ट फेला परेका थिए ।

जेठ मध्यदेखि असार मसान्तसम्ममा परीक्षण गरिएका ४७ वटा नमूनामध्ये तीनवटामा थप म्युटेसन देखिएको हो, जसलाई ‘कप्पा’ अर्थात् ‘के ४१७ एन’ (ए.वाई१) नाम दिइएको छ ।

तीनवटै भेरियन्टले सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनबाट पाइएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालय र दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा मन्त्रालयले ती नमूना नयाँदिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी’मा परीक्षणका लागि पठाएको थियो ।

Comment here