logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको बारेमा छलफल हुने


अंकुरण खबर
871
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बिहानको ११ बजे बस्ने भएको हो ।

आज हुने भनिएको बैठकमा महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ । यसैगरी बैठकमा वडा अधिवेशन कहिले गर्ने भन्ने बारेमा पनि केन्द्रित रहने बालुवाटार स्रोतले जनाएको छ ।

यसभन्दा अगाडि मंगलबार हुने भनिएको बैठक क्रियाशील सदस्यता छानबिन समितिले तयार पारेको प्रतिवेदन सभापति देउवाले बुझेसँगै बैठक स्थागित भएको थियो ।