सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरि विहान ९ बजेका लागि बोलाइएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतको बैठक बस्न लागेका हुन् ।
बैठकमा मन्त्रिपरिषद विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्।
जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ।
गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए । तर नेपाल पक्षले पार्टी एकतामा जोड दिदै अहिले सरकारमा नजाने प्रष्ट पारिसकेको छ ।