logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर नतिर्ने ठूला करदाताको कार्यलयमा महानगले माइकिङ्ग गर्दै


अंकुरण खबर
1.69K
Shares

काठमाडौं महानगरपालिकाले वर्षौदेखि कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गर्दे कर तिर्न सूचना जारी गरेको छ ।

महानगरले पटक-पटक कर तिर्न सूचित गरेपनि नमानेपछि बुधवार एक सूचना जारी गर्दै करदाताको नाम सार्वजनिक गरेको हो ।

महानगर राजस्व विभागका अनुसार कान्तिपुर डेन्टल हस्पिटल, विरायु हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एन आरटी क्लव, यूनाइटेड वल्र्ड सेन्टर, बाग्मती च्याम्बर, बुद्धवारी कम्पलेक्स, काठमाडौं इन्जिनियरिङ कलेज, आदर कम्पलेक्स लगायत छन् ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी, कृषि सामाग्री संस्थान, एलआर आइ बोर्डिङ स्कुल स्यूचाटार, मनमोहन मेमोरियल कलेज, एण्ड शिक्षण अस्पताल, आर वी कम्पलेक्स, सुरज आर्केट, शुभश्री को- अपरेटिभ लि., काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी पोपटिज पा. लि.र स्टार मलले पनि कर बुझाएका छैनन् ।

कर नतिरका यी करदातालाई कर तिर्न आग्रह गर्दै महानगरले माइकिङ गरिरहेको छ ।

कर नबुझाएका यी करदाताबाट ७० करोडभन्दा बढी राजस्व उठ्न बाँकी रहेको राजस्व विभागले जनाएको छ ।