logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

शेयर बजारमा उल्साह, १५ अंकले बढ्यो नेप्से


अंकुरण खबर
949
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बुधबार पनि बढेको छ ।

आज बैंक, जलविद्युत उत्पादन समूहबाहेक अरु समूहको शेयर बढेपछि नेप्से १५ दशमलब ३ अंकले बढेर तीन हजार ९४ दशमलब ९४ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज व्यापार समूहको शेयर १६ अंकले बढेको छ । विकास बैंक समूहको ४८ अंकले, होटेल समूहको दुई सय ५७ अंकले बढेको छ ।

यस्तै, फाइनान्स समूहको ७०, माइक्रो फाइनान्स समूहको ३७, जीवन बीमा समूहको चार सय ३१, निर्जीवन बीमा समूहको शेयर चार सय ४९ र अन्यको २० अंकले बढेको छ ।
आज दुई सय १९ कम्पनीका दुई करोड ८१ लाख कित्ता शेयर १३ अर्ब करोड रुपैयाँमा किनबेच भएका छन् ।
आज सबै भन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ३८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै नारायण विकास बैंक, चन्द्रागिरि हिल्स र मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतका दरले बढेको छ ।

समग्र बजार बढेपनि पञ्चकन्यामाई हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।