logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ३८४० कोरोना संक्रमित, ३३ जनाको मृत्यु


अंकुरण खबर
897
Shares

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

१५ हजार ८०८ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।