Breaking Newsराजनीति

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिलाई भोलिसम्म समय

कांग्रेसले क्रियाशील सदस्यता छानविन समितिलाई प्रतिवेदनको टुंगो लगायत बिहीबारसम्म समय दिएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीहरूको बैठकले समितिलाई भोलिसम्मको समय दिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबार दिउँसो २ बजेका लागि पदाधिकारीको अर्को बैठक तय भएको छ । सोही बैठकमा अन्तिम प्रतिवेदन प्रस्तुत गर्न समितिलाई निर्देशन दिइएको छ ।

आजको बैठकमा समितिको प्रतिवेदनमाथि छलफल भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

Comment here