समाचार

एक किलोभन्दा बढी सुनसहित एकजना पक्राउ

प्रहरीले १ किलो १६५ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गोरखाका २८ वर्षीय पदम परियारलाई सुनसहित पक्राउ गरेको हो।

परियार हिमालय एयरमा दुबईबाट काठमाडौं आएका थिए। सुटकेसभित्र लुकाइराखेको सुन विमानस्थलको आन्तरिकतर्फको भन्सार जाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले पदमलाई नियन्त्रणमा लिई थप अध्ययन गरिरहेको छ।

Comment here