काठमाडौं उपत्यकामा बिहीवारदेखि भेरोसेलको पहिलो मात्राको खोप अभियान शुरु हुने भएको छ ।
उपत्यकाका तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान बिहीवारदेखि शुरु हुने भएको हो ।
काठमाडौं महानगरपालिकाका ३२ वडामा एक एक खोप केन्द्र रहनेछन् । यसपटक ५० वर्षमाथिकाले खोप लगाउन पाउनेछन् ।
यस्तै अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
उपत्यकाका राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी,, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुमा अत्यावश्यक सेवाकाले खोप लगाउन सक्नेछन् ।
