समाचार

आज राति तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

अहिले देशभर विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि बर्षा भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखका अनुसार प्रदेश नम्बर १, २ र बाग्मती प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।

आज राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै यस क्रममा प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।

Comment here