logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा बाढीले पानीघट्ट बगाउँदा एक युवतीको मृत्यु


अंकुरण खबर
845
Shares

बाढीले पानीघट्ट बगाउँदा जुम्लाको छुमचौरमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, जुम्लाको पातारासी गाउँपालिका ३ की ३५ वर्षीया शर्मिला बुढाको मृत्यु भएको हो। शारीरिक रुपमा अपाङ्ग बुढालाई बाढीले बगाएको प्रहरी निरीक्षक यौवन चौधरीले बताए।

वडाध्यक्ष बिर्खराम बोहराका अनुसार बाढी आएपछि दौडन नसकेर उनको ज्यान गएको हो। पानीघट्ट गएका मुनसोभा बोहरा र जसकला रावत भने भागेर बाँच्न सफल भएका छन्।

बाढीले अहिलेसम्म करीब ६ वटा पानीघट्ट, २० वटाभन्दा बढी चौपाया र एक हेक्टरभन्दा बढी बालीनाली र जग्गामा क्षति पुर्याएको वडाध्यक्ष बहोराले जानकारी दिए। बाढीले वडा नम्बर २ र ३ जोड्ने काठेपुल बगाउँदा आवतजावत गर्न कठिनाइ भएको छ।