Breaking Newsराजनीति

काँग्रेस पदाधिकारीको बैठक बुढानीलकण्ठमा बस्दै

बिहीबार पनि नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दैछ ।

१४ औं महाधिवेशन लक्षित बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको हो । नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा विवाद रहेकाले बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको एक नेताले बताए ।

नेपाली काँग्रेसमा क्रियाशील सलस्यतामा विवाद रहदै आएको छ । उक्त विवाद टुंगो लगाउन बुधबारको बैठकमा पनि लामो प्रयास भएको थियो । तर टुंगो लाग्न सकेको थिएन। जसका लागि आज बैठक सारिएको थियो ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ १४ गते तोकिएको छ । तर यो मितिमा सम्पन्न हुने सम्भावना न्यून रहेको छ ।

Comment here