logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नक्कली बाबु छोरी बनी नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ


अंकुरण खबर
780
Shares

झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले झूटो विवरण पेश गरी नागरिकता बनाएको आरोपमा भारत घर भई पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षीया कविता कुमारी भन्ने सीता पटेल र नक्कली बुवा बनेका ५१ वर्षीय धुरूपप्रसाद पटेललाई पक्राउ गरेको छ।

उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रसाद खनालले जानकारी दिए।

सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झूटो विवरण पेश गरेर नेपाली नागरिकता बनाएकी थिइन्। नेपाली नागरिकता बनाएको सूचना पाएपछि वीरगञ्ज १३ श्रीपुरबाट सीतालाई पक्राउ गरेको थियो।

प्रहरीले उनको ब्यागबाट २०७९ साल पुस ११ गते जारी भएकोना.प्र.नं.३४-०१-७०-१०३५२  नम्बरको नागरिकता फेला पारेको थियो। सो नागरिकता बनाउन धुरुपप्रसाद पटेल बुवा बनेका थिए।

सो कुरा खुलेसँगै नक्कली बुवा धुरुपप्रसादलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरू दुवै जनालाई नागरिकतासम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान अघि बढाएको छ।