गत असारमा गएको बाढीपहिरोका कारण क्षति व्यहोरेका सन्धुपाल्चोकको मेलम्चीका पीडितहरूलाई डिशहोमले राहत वितरण गरेको छ ।
बाढीपीडित क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरूलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका पाँच सव डिलरहरूलाई जनही एक लाख रुपैयाँ राहत वितरण गरेको हो ।
डिशहोमको तर्फबाट क्षेत्रीय बिक्री प्रबन्धक मनोज शर्मा र स्थानीय बिक्री प्रबन्धक उज्जवल न्यौपानेले राहत रकम हस्तान्तरण गरेका हुन् ।
बाढीबाट अति प्रभावित सव–डिलर झलक बहादुर पण्डित, नेत्र बहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवालले एक÷एक लाख राहत रकम प्राप्त गरेका छन् ।
उक्त रकमले बाढी पीडितलाई राहत मिल्नुका साथै व्यवसायलाई पुनः सुचारु गर्न केही राहत मिल्ने कम्पनीले जनाएको छ ।
गत असारको पहिलो साता आएको विनासकारी बाढीका कारण सिन्धुपाल्चोक मेलम्ची बजारमा ठूलो क्षति भएको थियो । बाढी पहिरोले मेलम्ची खोला छेउमा तीन दर्जन भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका थिए भने सयौं घर प्रभावित भएका थिए ।