logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१५ अंकले घट्यो नेप्से, झण्डै ११ अर्ब बराबरको कारोबार


अंकुरण खबर
1.638K
Shares

नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारको अन्तिम दिन आज (बिहीबार) दोहोरो अंकले घटेको छ ।

आज नेप्से १५.१३ अंकले घटेर तीन हजार ७९ दशमलब ८२ विन्दुमा थामिएको हो । आज कारोबार रकममा पनि गिरावट आई १० अर्ब ९० करोड ५८ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका समूहमध्ये दुई समूहबाहेक अन्य सबै समूह घटेका छन् ।

आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् ।

नेप्सेका अनुसार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य आज ९.९५ प्रतिशतले बढेर प्रतिकित्ता ७२९ पुगेको छ भने जीवन विकास लघुवित्त वित्तीय संस्था शेयरमूल्य ८.२२ प्रतिशतले बढेर प्रतिकित्ता ९८. १० कायम भएको छ ।

यस्तै, आज सबै भन्दा धेरै गुडविल फाइनान्सको शेयरमूल्य घटेको छ । जसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

कारोबारको आधारमा भने आज सबैभन्दा बढी गुडविल फाइनान्सको भएको छ । यस कम्पनीको आज ३३ करोड भन्दा बढीको किनबेच भएको छ ।