पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५५५ जनाको नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३३५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ६८७ गर्दा १०३० मा संक्रमण देखिएको हो ।
कुल १४ हजार २४२ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।
आज एक हजार ३ सय ७३ जना कोरोनाबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या संक्रमित हुनेको भन्दा आधाभन्दा पनि कम हो ।
यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको कोरोना संक्रमणको मृत्यु भएको छ ।