काठमाडौं उपत्यकामा थप ८६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौंका ५९७ जना, ललितपुरका १५५ जना र भक्तपुरका १०८ जना संक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा अहिले ८४४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्रै ५ हजार ९३८, ललितपुरमा १ हजार ३९४ र भक्तपुरमा १ हजार १ सय ९ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।