logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारमा जाने-नजाने विषयमा नेपाल पक्षले आज निर्णय दिने


अंकुरण खबर
1.781K
Shares

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार पक्षले सरकारमा जानेरनजाने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आज निर्णय दिने भएको छ ।

नेपाल समूहलाई आजसम्म कुर्ने र त्यस आधारमा मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारीपछि नेपाल समूहले आफ्नो धारणा दिन लागेको हो । आज प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपाल तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छुट्टाछुट्टै भेट हुने सम्भावना पनि छ ।

नेपाल पक्षका सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा जाने पक्का भएको बताए । उनले नेता नेपालले यसबारे आजै प्रधानमन्त्री देउवालाई जानकारी दिने पनि बताए ।

उनले एमालेको एकता अझैं नटुंगिएका कारण सरकारमा जान समस्या नरहेको बताए । आफूहरूकै कारण प्रतिनिधि सभा जोगिएकाले सरकारमा जानु स्वभाविक भएको उनको भनाइ छ ।