logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना बिरामीले आईसीयू र भेन्टिलेटर फेरि भरिन थाल्यो, सीसीएमसीको बैठक बस्दै


अंकुरण खबर
611
Shares

कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्दै छ ।

शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।

बैठकमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । गृहमन्त्री बालकृष्ण खाणले कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएका थिए ।