logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चन्द्रागिरि नगरपालिकामा आजबाट शिक्षकलाई भेरोसेल खोप लगाउने


अंकुरण खबर
1.027K
Shares

चन्द्रागिरि नगरपालिकाले आज शुक्रबारदेखि विद्यालय,विश्वविद्यालयमा कार्यरत शिक्षक,प्रध्यापक र विद्यालयका कर्मचारीहरुलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउने भएको छ।

नगरपालिकाका बिहीबार सूचना जारी गर्दै सबै वडाहरुमा भोलिदेखि चिनियाँ भेरोसेल खोपको पहिलो मात्र लगाउँन बाँकी ५० वर्षमाथिका सबै नागरिक लगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीलाई खोप दिने निर्णय गरेको हो।

सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि खोप दिने नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। नगरपालिकाले साउन १५ गतेदेखि १७ गतेसम्म आ–आफ्नो वडामा रहेको स्वास्थ्य संस्थाबाट खोप दिने जनाएको छ।