logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्यो


अंकुरण खबर
637
Shares

आज पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, आज तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले नै बढेर प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ हजार ८५ रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।